नेपालमा थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज २० २०७७
3.3K
SHARES

 २० असोज काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १५५१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा  १५५१ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९० हजार ८१४ रहेको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १०१७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा २३ सय ४० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ५४२ रहेको छ ।देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ पुगेको छ ।