अबदेेेेेेखि कोराेनाकाे परीक्षण र उपचार खर्च आफैैैले गर्नुपर्ने
Capital Headline
प्रकाशित मिति :
आइतबार, कार्तिक २ २०७७
2K
SHARES
२ कार्तिक काठमाडौ। अबदेखि कोभिड–१९ को परीक्षण र उपचार खर्च व्यक्तिले आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ताडा.जागेश्वर गौतमले सो कुराको जानकारी दिएका छन् । तर सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक लगायतलाई भने निःशुल्क उपचार गर्ने उनले बताए ।
गौतमकाअनुसार जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क हुन्छ । उनीहरुमा पनि लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गरिने प्रवक्ता गौतमले बताए । तर कुनै बीमा कम्पनीबाट कोरोना बीमा गरेको भएमा परीक्षण र उपचार बीमा रकमबाट लिइने पनि उनले बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट