प्रधानमन्त्री ओली द्वारा राष्ट्रपति भण्डारीबाट टीका ग्रहण


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक ११ २०७७
10.9K
SHARES

११ कार्तिक काठमाडौ ।  राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार राष्ट्रपति भवन शीतल निवासमा विजयादशमीको टीका ग्रहण गरेका छन् । सो क्रममा राष्ट्रपति भण्डारीले  उनलाई टीका र जमराको माला लगाइदिएकी थिइन्।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उक्त अवसरमा राष्ट्रपति भण्डारीबाट प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले पनि टीका र जमराको माला ग्रहण गरेकी थिइन् ।

प्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओली गृहजिल्ला  झापामा रहेकाले प्रधानमन्त्रीले आज आफ्नो सरकारी निवास बालुवाटारमा प्रथम महिला शाक्यलाई मात्र दशैंको टीका लगाइदिएका थिए । कोरोना जोखिमका कारण राष्ट्रपति र प्रधानमन्त्रीबाट विगतमा झैँ यस वर्ष सर्वसाधारणलाई टीका लगाइएन ।