काठमाडौंमा नेविसंघकाे प्रदर्शन


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक १६ २०७७
6.3K
SHARES

१६ कात्तिक काठमाडौं । भ्रष्टाचार र कोरोना माहामारी नियन्त्रणमा सरकार असफल भएको र आफ्ना कार्यकर्तालाई झुटा मुद्धा लगाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाल विद्यार्थी संघले काठमाडौंमा प्रदर्शन गरेको छ ।

नेविसंघले काठमाडौंको प्रदर्शनीमार्गमा र्‍याली र प्रदर्शन गरेको हो । सरकार भ्रष्टाचार नियन्त्रणमा असफल भएको, बालुवाटार जग्गाकाण्डमा मुछिएकै व्यक्तिलाई मन्त्री बनाएको, कोरोना महामारी बढ्दै जाँदा सरकारले निशुल्क उपचार बन्द गरेको कारण विरोधमा प्रदर्शन गरेको  नेविसंघले जनाएको छ।