तुल्सीपुर विमानस्थलमा आयल निगमको सेवा बढाउने परियोजना सुरु


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर ९ २०७७
7.4K
SHARES

९ मंसिर काठमाडौ । नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालयले तुल्सीपुर विमानस्थलमा निगमको भण्डारण तथा सेवा बढाउने परियोजना सुरु गरेको छ ।लुम्बिनी प्रदेशअन्तर्गतका जिल्लाहरु रुकमु (पूर्व), दाङ, सल्यान, प्युठान लगायतका जिल्लाहरुमा हवाई सेवामार्फत् सहज पहुँचका लागि उक्त परियोजना सुरु गरिएको निगमका प्रादेशिक प्रमुख प्रलयशंकर आचार्यले जानकारी दिए । परियोजनाबाट प्रदेशको प्रादेशिक राजधानीमा सुगम पहुँचको लागि दाङ तुल्सीपुरस्थित विमानस्थलमा निगमको भण्डारण तथा सेवा विस्तार कार्यक्रम अन्तर्गत ‘स्मल एएफएस प्रोजेक्ट’ को काम सुरु गरिएको हो ।

सोमबार तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल, स्थानीय जनप्रतिनिधिहरु लगायतको टोलीले उपमहानगरपालिकास्थित टरीगाउँ, दाङ विमानस्थलमा हवाई ईन्धन डिपो स्थापनाको लागि आवश्यक पर्ने जग्गा विमान स्थलको मुल गेटको दक्षिणतर्फ स्थापना गर्ने एकिन गरेको छ ।

उक्त स्थानमा सुरक्षित पूर्वाधार तथा संरचना निर्माण गर्न तुल्सीपुर उपमहानगरपालिकाले सहयोग गर्ने निर्णय भएको छ । निगमका प्रादेशिक प्रमुख आचार्यले परियोजनाका लागि सघाउने आपूर्तिमन्त्री लेखराज भट्ट, प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललगायत सबैलाई धन्यवाद दिएका छ्न् ।