युवा उधमी चलाउने कोरोना डिफेन्स अवार्ड २०२० बाट सम्मानित


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर १२ २०७७
10.3K
SHARES

१२ मंसिर काठमाडौं । जिमि ग्रुप प्रा.लिका प्रवन्ध निर्देशक तथा सफल युवा उधमी जीवन चलाउनेलाई कोरोना डिफेन्स अवार्ड २०२० द्वारा सम्मानित गरिएको छ । राजधानीमा बिहिबार सो सम्मान कार्यक्रमको आयोजना गरियको हो । नेपालमा कोरोना भाइरस रोकथामका लागि भएको बन्दा-बन्दीका बेला गरिब मजदुरहरु लाई निसुल्क खाना तथा राहातका प्याकेजहरु वितरण गरेकोमा उनलाई यो सम्मान गरियको हो ।

चलाउनेले आफुलाई सम्मान गरेकोमा फोकस नेपाल सस्था प्रती हार्दिक आभार व्यक्त गरेका छन । साथै उनले यो सम्मानले मलाई देश र जनता प्रती उत्तरदायी बन्ने उर्जा र हौसला प्राप्त गरेको आफ्नो फेसबुक पोष्ट मा उल्लेख गरेका छन ।