कुमारी बैंक र होटेल सांग्रिलाबीच सहकार्य


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर १६ २०७७
16.5K
SHARES

१६ मङ्सिर काठमाडौ।कुमारी बैंक लिमिटेड र काठमाडौंको लाजिम्पाटमा रहेको होटेल सांग्रिला प्राइभेट लिमिटेडबीच आफ्ना ग्राहक वर्गलाई विशेष छुट सम्बन्धमा सहकार्य भएको छ । सो सहकार्य पश्चात् कुमारी बैंकका ग्राहक वर्गले सोही होटेल अन्तर्गतका विभिन्न रेष्टुरेन्ट तथा आउटलेटहरुमा खानपिनमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत होटेल सांग्रिलाका विभिन्न सेवाहरुमा बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको हो । सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नवीनमुनि बज्राचार्य तथा होटल सांग्रिलाका तर्फबाट सेल्स तथा मार्केटिङ्ग निर्देशक सांगे तेञ्जिङ्ग लामाले हस्ताक्षर गरेका छन् ।

बैंकको प्रधान कार्यालय टंगालस्थित एक संक्षिप्त कार्यक्रममा आधिकारिक रूपमा उक्त छुट सम्बन्धी सम्झौता गरिएको हो । कुमारी बैंकले आफ्ना देशव्यापी १८६ शाखा सञ्जाल, १३८ एटिएम, २२ शाखा रहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ । यस्तै आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।