नेप्से निरन्तर उकालो, सर्वाधिक कारोबार एनआईसी एशियाको
फागुन ६ काठमाडौं । नेप्से आज पनि निरन्तर उकालो लागेको छ । अघिल्लो कारोबार दिनको तुलनामा २४ दशमलव २३ अंक बढेर २ हजार ६३६ दशमलव ६८ विन्दुमा पुगेर नेप्से बन्द भएको छ ।
आज २०६ ओटा कम्पनीको १ करोड ९६ लाख ४६ हजार ५७८ कित्ता शेयरको ९० हजार २०२ पटकमा रू. ८ अर्ब ७६ करोड २१ लाख ४६ हजार ७८५ बरावरको शेयर खरीदविक्री भएको छ । बिहीवारको कारोबारमा सबैभन्दा बढी नेपाल हाइड्रो डेभलपर्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.२७५ पुगेको हो । दोस्रोमा कर्णाली डेभलपमेण्ट बैंकको शेयर मूल्य ९ दशमलव ९४ प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी बिहीवार सर्वाधिक कारोबार एनआईसी एशिया बैंकको भएको छ । कम्पनीको रू। ५६ करोड १ लाख ८३ हजार बरावरको शेयर खरीदविक्री भएको छ । दोस्रोमा नेपाल इन्फ्रास्टक्चर बैंकको रू. ५० करोड ८२ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको छ ।
बिहीवारको कारोबारमा आएका १२ ओटा समूहमध्ये लघुवित्त समूहको परिसूचक शून्य दशमलव ६२ प्रतिशत, निर्जीवन बीमा कम्पनीको परिसूचक शून्य दशमलव ३८ प्रतिशत र जीवन बीमा समूहको परिसूचक शून्य दशमलव ५९ प्रतिशतले घटेको छ भने बाँकी समूहको परिसूचक बढेको छ ।