फुकुवा गरे वार्तामा बस्छौं – विप्लव


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन ८ २०७७
3.6K
SHARES

८ फागुन काठमाडौं। नेकपा विप्लव नेकपाले आफ्नो पार्टी वार्ता तथा सम्वादको लागि सकारात्मक रहेको जनाएको छ। पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै यस्तो जनाएका हुन्।

जारी विज्ञप्तीमा भनिएको छ,‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमूदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो।

यसको प्रक्रियामा आम समूदायमा सहज गतिविधि र कार्यक्रम गर्ने बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौं।’

विप्लव नेकपाले आफ्ना गतिविधिमाथि सरकारले लगाएको प्रतिबन्ध फिर्ता हुनुपर्ने जनाएको छ। दुई वर्षअघि सरकारले विप्लव समूह हिंसात्मक भएको भन्दै उसका गतिविधिमाथि प्रतिबन्ध गरेको थियो। प्रतिबन्धपछि विप्लव नेकपाका थुप्रै नेता(कार्यकर्ता पक्राउ परेका छन्। कतिपय नेता अहिले जेलमा छन्।