प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन १४ २०७७
4.9K
SHARES

१४ फागुन काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि पहिलोपटक प्रधानमन्त्री ओली बिहीबार साँझ शीतल निवास पुगेका हुन्।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच निवास शीतलनिवासमा बिहीबार साँझ ७ः१० देखि ८ः४५ बजेसम्म भेटवार्ता भएको हो। सर्वोच्चको अदालतको फैसलापछि देशको राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री शितलनिवास गएका हुन्।