एकमिनेट पनि सत्तामा बस्‍न ओली लायक छैनन् – नेता विष्ट


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन १५ २०७७
8.2K
SHARES

१५ फागुन गुल्मी ।  नेकपाका नेता गोकर्ण विष्टले प्रधानमन्त्री केपी शर्मा ओली अब एक मिनेट पनि सत्तामा बस्न लायक नरहेको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी नेकपा गुल्मीले आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै विष्टले भने, ‘ओली अब एक मिनेट पनि सत्तामा बस्न लयक छैनन्’, उनले अगाडि भने, ‘ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ।’

अर्को एक फरक प्रसंगमा विष्टले प्रचण्डलाई प्रधानमन्त्री बन्ने रहर नभएको पनि बताए। यदि प्रचण्डले प्रधानमन्त्री बन्न चाहेको भए ओलीसँगको सहमतिअनुसार आधा-आधा समय सत्ता सञ्‍चालन गर्ने सहमति रहेको पनि उनले सुनाए।