आज प्रधानमन्त्री ओली झापा जाँदै


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन १६ २०७७
5.9K
SHARES

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाँदै छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार विभिन्न विकास आयोजनाहरू शिलान्यास गर्नका लागि प्रधानमन्त्री ओली झापा जान लागेका हुन ।

प्रधानमन्त्री आज बिहान झापा पुगेर दिनभर जिल्लाका विकास आयोजनाहरूको शिलान्यास गर्ने र बेलुका फर्कने कार्यक्रम रहेको छ । सरकार बने यता ठूलो मात्रामा झापामा बजेट परिचालन गरिएको छ ।

प्रधानमन्त्रीले विकास बजेट एकोहोर्‍याएको भन्दै आलोचना पनि भइरहेको छ । यद्यपि, प्रधानमन्त्रीले झापालाई ग्राह्यता दिंदै आएका छन् ।