पन्तलाई ओलीको प्रश्न : तपाईको पार्टीका महिलाले कस–कसलाई पिँडुला देखाए?


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन १६ २०७७
6.9K
SHARES

१६ फागुन काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी समिति सदस्य रघुजी पन्त एउटा बयानका कारण विवादमा तानिएका छन्।गायिका तथा राष्ट्रिय सभा सदस्य कोमल ओलीले ‘पिँडुला देखाएर पोइला जान पाम’भनेका भरमा नै सांसद भएको भनी दिएको बयानका कारण उनको तिव्र आलोचना भएको हो।कोमल ओली प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा उभिएकी छन्।

नेकपाको आन्तरिक विवादकाबीच हुने घोचपेचका क्रममा पन्तले यसरी अपमान हुनेगरी बयानबाजी गरेको भिडिओ सार्वजनिक भएको थियो।यसपछि सांसद ओलीले पन्तलाई प्रतिक्रिया दिँदै प्रश्न समेत गरेकी छन्। आफूबारे अनर्गल बयानबाजी दिने पन्तलाई उनले सामाजिक सञ्जालमार्फत सोधेकी छन्– तपाईको पार्टीमा पद पाउने महिलाले कस–कसलाई पिँडुला देखाए?