सुनचाँदीको मुल्यमा गिरावट


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन १६ २०७७
6.2K
SHARES

काठमाडौं, १६ फागुन । सातोको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला ८८ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला ८७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मुल्य तोलामा १० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।