धेरै दम्भ नदेखाऊँ, अतिले खति गर्छ – डा. भट्टराई
१७ फागुन काछमाडौ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अबको संकट समाधान गर्ने जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीको भएको बताएका छन्। शक्ति छ भन्दैमा अति गरे खति हुने चेतावनी पनि उनले दिएका छन्।
‘प्रमको कुर्सीमा बसेर म कसैलाई टेर्दिनँ, जानेको/सकेको गर भन्ने दम्भ/हठ प्रदर्शन गर्न मिल्दैन,’ डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हलो अड्काएर गोरु चुट्नु कुनै पौरख हैन। बिगार्न जसले पनि सक्छ, सपार्ने पो नेता !’
उनले अगाडि लेखेका छन्, ‘अदालतको फैसलाले सबैलाई गम्भीर बनेर संकटमोचन गर्ने अवसर दिएकोछ। निकास खोज्ने मुख्य जिम्मा प्रमको हो !अतिले खति गर्छ !’ प्रधानमन्त्री ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन घोषणा गरे पनि यही फागुन ११ गते सर्वाेच्च अदालतले बदर गरिदिएको हो।
त्यसयता विभिन्न दलले प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा पदबाट राजीनामा गर्नुपर्ने माग गरिरहेका भए पनि ‘ओलीले राजीनामा दिन्नँ, हटाएर देखाऊ’ भन्दै अडान लिइरहेका छन्।