हिम्मत भए पदबाट हटाउ – प्रधानमन्त्री ओली


Capital Headline
प्रकाशित मिति : मंगलबार, फाल्गुन १८ २०७७
3.3K
SHARES

ड १९  फागुन काठमाडौ  । प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत भए कसैले पदबाट हटाउन चुनौती दिएका छन्।पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कसैले सक्छ अहिले भने हटाओस्, खुसी साथ हट्छु, अर्को चुनावमा दुई तिहाईको साथ सिंहदरबारमा फर्किन्छु।’

अदालतले संसद् ब्युँताए आफूलाई केही नभएको पनि उनले बताए। ‘अदालतले संसद् ब्युँतायो। मलाई के भयो त ? केही भएको छैन। अबको राजनीति अब कसरी अगाडि बढ्छ भन्ने हो’, उनले भने, ‘म सकारात्मक ढंगले अगाडि बढ्न चाहान्छु, संसदमा सक्दो पहल गर्छु।’

सर्वोच्च अदालतको निर्णयपछि अबको राष्ट्रिय राजनीतिक कसरी अगाडि बढ्छ भन्नेबारे केन्द्रित हुनुपर्ने बताए। ‘यो देश बनाउनुपर्छ, बिगार्न हुँदैन, देश विकासका लागि आउने तगारो हटाएर अगाडि बढ्नुपर्छ’, उनले भने, ‘देश विकास गर्न छिमेकी मुलुकसँग पनि सहकार्य गरेर अगाडि बढ्नुपर्छ।’

नेपाली जनताको लागि काम गर्ने सरकार चाहिएको बताए। ‘सबैसँग मित्रता रहेर सबैसँग सहकार्य गरेर समृद्ध नेपाल सुखी नेपाली निर्माण गर्नुपर्छ’, उनले भने, ‘नेपाली जनताको लागि कम्फर्टेबल सरकार निर्माण गर्न चाहेका छौँ।’