मलाई हटाए दुई तिहाइ बहुमत ल्याएर फर्किन्छु – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन १९ २०७७
3K
SHARES

१९ फागुन काठमाडौ । नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकारबाट हटाए अर्को निर्वाचनमा दुई तिहाइ बहुमत ल्याएर सिंहदरबार फर्कने बताएका छन्।

प्रधानमन्त्री ओलीले मंगलबार झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनपछि देश बनाउन अझै बाँकी रहेकाले जस्तै चुनौती आए पनि सामना गरेर सिंहदरबार फर्कने बताएका हुन्।

‘नेपालमा काम गर्नेलाई टिक्न दिइँदैन। मेरो नेतृत्वको सरकारले विकासको बाटो खनेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘यो बाटोमा तगारो हाल्ने काम भए र मलाई हटाए पुनः फर्किएर सुरु गरेको काम सक्नेछु।’