सरकार र विप्लवबीच पहिलो चरणको वार्ता सम्पन्न


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन १९ २०७७
3.1K
SHARES

काठमाडौं । सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको थियाे ।  वार्तामा दुई पक्षबीच आ-आफ्नो कुरा राखेर आजको बैठक सकिएको बताइएको छ ।

नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु ।