विप्लवमाथिको प्रतिबन्ध आज हटाउने


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन २० २०७७
3.4K
SHARES

२० फागुन काठमाडौँ । सरकारले नेत्रविक्रम चन्दको पार्टीमाथि लगाइएको राजनीतिक प्रतिबन्ध आज (बिहीबार) हटाउने तयारी गरेको छ । सरकार र विप्लव पक्षबीच हिजो (बुधबार) दुईपटक सम्म भएको वार्तापछि सबै विषयमा टुंगो लगाउन बिहीबार पुनः वर्ता हुने जनाइएको छ ।आजदेखि नै विप्लवमाथि लगाइएको प्रतिबन्ध पनि हटाउने विषयमा सहमति भएको बताइएको छ ।

बुधबारको वार्ता सकारात्मक भएको र बिहीबारदेखि प्रतिबन्ध हटाउने तयारी भएको स्रोतले बताएको छ ।सरकारले २०७५ फागुन २८ गते सो पार्टीमाथि प्रतिबन्ध लगाएको थियो । हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै प्रतिबन्ध लगाइएको हो ।