विप्लवलाई ल्याउन हेलिकोप्टर ‘स्ट्यान्डबाई’


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन २० २०७७
5.5K
SHARES

काठमाडौं ।नेपाल सरकार र विप्लवबीच सहमति भएसगै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई काठमाडौं ल्याउन सरकारी पक्षले हेलिकोप्टर ‘स्ट्यान्डबाई’ राखिएको छ ।

एक उच्च स्रोतका अनुसार एक निजी कम्पनीको हेलिकोप्टर ‘स्ट्यान्डबाई’ राखिएको हो ।सरकार र विप्लव समूहबीच आज भएको तीनबुँदे सहमतिपछि विप्लव सार्वजनिक हुने भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले भोलि राजधानीमा एक कार्यक्रमलाई संयुक्त रूरुपमा सम्बोधन गर्ने कार्यक्रम छ । विप्लव कहाँ छन् भन्ने खुलाइएको छैन ।