नेविसंघको अनसनमा नेपालको समर्थन


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन २० २०७७
3K
SHARES

२० फागुन काठमाडौं। त्रिभुवन विश्वविद्यालयमा नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले गरेको रिले अनशनमा नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड- माधव समूहका अध्यक्ष माधवकुमार नेपालले समर्थन जनाएका छन्। बिहीबार जनता समाजवादी पार्टी निकट प्राध्यापक संघले गरेको कार्यक्रममा सहभागी भएर फर्किएका नेता नेपालले उपकुलपति कार्यालय बाहिर नेविसंघले गरेको विरोध कार्यक्रममा गई समर्थन जनाएर फर्किएका हुन्।

अध्यक्ष नेपालले त्यहाँ नेविसंघले राखेको पुस्तिकामा हस्ताक्षर पनि गरेका छन्। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, त्रिविको क्यालेन्डरअनुसार नयाँ भर्ना सुरु गर्नुपर्ने, नेपाल विद्यार्थी संघ र त्रिभुवन विश्वविद्यालयबीच भएको २३ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने, नेविसंघका विद्यार्थीमाथि लागेको मुद्दा फिर्ता हुनुपर्ने लगायतका माग राखेर नेविसंघको त्रिवि समितिले उपकुलपति कार्यालय बाहिर रिले अनसन गरिरहेको छ।