आज विप्लव सार्वजनिक हुँदै, प्रधानमन्त्रीसँगै सम्वोधन गर्ने
२१ फागुन काठमाडौं । नेपाल सरकारसँग भएको तीन बुँदे सहमतिसँगै दुई वर्षदेखि भूमिगत नेत्रविक्रम चन्द ‘विप्लव’ आज (शुक्रबार) सार्वजनिक हुँदैछन् ।
तीन बुँदे सहमतिको विस्तृत विवरण सार्वजनिक गर्न आज दिउँसो २ बजे काठमाडौंमा आयोजना गरिने संयुक्त ‘विशेष समारोह’ मा चन्द सार्वजनिक हुन लागेका हुन् ।
चन्द र प्रधानमन्त्री केपी शर्मा ओली एउटै मञ्चमा देखिने छन् ।बिहीबार बिहान भएको तीन बुँदे सहमतिपछि हिजै साँझ बसेको मन्त्रिपषिद् बैठकले उक्त सहमति अनुमोदन गर्दै चन्द नेतृत्वको नेकपालाई लगाइएको प्रतिबन्ध समेत फुकुवा गरिसकेको छ ।
सहमतिसँगै सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध पनि हटाएको छ । सरकारले विप्लव समूहका पक्राउ परेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुको रिहाइ र मुद्दा खारेजी गर्ने सहमति समेत गरेको छ ।