ओली पक्षको संसदीय बैठकमा बामदेव नजाने


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन २२ २०७७
5.1K
SHARES

२२ फागुन काठमाडौं । नेकपा ओली पक्षीय संसदीय दलको बैठक आज बस्दैछ । प्रधानमन्त्री ओली समूहको सांसदीय दलको बैठक बालुवाटारमा बस्ने लागेको हो । शुक्रबार प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक राखेर पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो । उक्त समूहले आफ्ना पक्षमा ११४ सांसद रहेको दाबी गरेको छ ।

दुबै समूहले ससंदीय दलमा आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै आएका छन ।

यसैबीच, प्रधानमन्त्री ओलीले नेकपा उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई शनिबार बस्ने आफ्नो समूहको संसदीय दलको बैठकमा आउन आग्रह गरेका छन् ।उपाध्यक्ष वामदेव गौतम भने आज बस्ने भनिएको ओली समूहको संसदीय दलको बैठकमा नजाने भएका छन् ।

भैसेपाटीस्थित गौतम निवास पुगेर प्रधानमन्त्री ओलीले आज बस्ने संसदीय दलको बैठकमा आउन आग्रह गरेका थिए। नेकपा विभाजनमा गौतम कुनै समूहमा पनि लागेका छैनन् । उनी पार्टी एकताको अभियान चलाइरहेका छन् ।