एमालेको बैठक बोलाउँछु – प्रधानमन्त्री ओली


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन २३ २०७७
3.7K
SHARES

२३ फागुन काठमाडौं ।आज  प्रधानमन्त्री केपी शर्मा ओलीले अब साविक नेकपा एमालेको बैठक बोलाउने बताएका छन् ।

बालुवाटारमा बोलाइएको संसदीय दलको बैठकमा ओलीले अदालतले ऋषि कट्टेललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दिए पनि राजनैतिक रुपमा यसले मुलुकलाई सही कोर्समै लैजान्छ ।

अब नेकपा एमालेको बैठक बस्छ’, बैठकमा प्रधानमन्त्रीले राखेको भनाइ उधृत गर्दै बैठकमा सहभागी एक नेताले भने ।

नेकपाको एकतालाई मान्यता नदिएकाले अब आफ्नो सरकार संयुक्त बनेको पनि प्रधानमन्त्रीले बताए ।

‘माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने हुन्छ । म त्यो एक महिनाभित्र लिन्छु’, ओलीले भने ।