माओवादीमा फर्किन सम्भव छैन – मन्त्री रायमाझी


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन २३ २०७७
9.6K
SHARES

२३ फागुन काठमाण्डौँ । ऊर्जा, जलस्रोत एवम् सिँचाइमन्त्री टोपबहादुर रायमाझीले सर्वोच्च अदालतले जे फैसला गरे पनि आफू माओवादी केन्द्रमा नफर्किने बताएका छन्। पूर्व माओवादी केन्द्रमा हुँदा स्थायी समिति सदस्य रहेका नेता रायमाझी नेकपा विभाजनपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपातर्फ लागेका थिए।

आइतवार सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र फर्काइदिएपछि रायमाझीले अब माओवादीमा फर्किन सम्भव नरहेको बताएका हुन्।पुन:स्थापित प्रतिनिधिसभाको बैठकपछि आइतवार साँझ संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै रायमाझीले भने, ‘सर्वोच्च अदालतको फैसलाको सम्मान गर्छौँ तर तत्काल माओवादी केन्द्रमा फर्किने कुरा सम्भव छैन।’

सर्वोच्च अदालतले नेकपाको नाममा परेको विवादमा फैसला सुनाउँदै आधिकारिक नेकपाका रुपमा ऋषि कट्टेलको नेतृत्वमा रहेको दललाई मान्यता दिएको थियो।