आज नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन २४ २०७७
4.1K
SHARES

२४ फागुन काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको आज ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठक बस्दैछ ।

नेकपा नामको विवादमा सर्वोच्च अदालतले गरेको फैसलाका बारेमा निर्णय गर्न नेकपा प्रचण्ड–माधव समूहको आज स्थायी कमिटी बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसअघि सामाजिक सञ्जालमा प्रतिक्रिया दिंदै प्रवक्ता श्रेष्ठले सर्वोच्च अदालतको फैसलाप्रति गम्भीर असहमति व्यक्त गरेका थिए। उनले नेपालको राष्ट्रिय सार्वभौमिकता, नेपाली जनतामा नीहित सार्वभौमसत्ता, नेपाली जनताको आत्मनिर्णयको अधिकार, संविधान, लोकतन्त्र, राजनीतिक स्थिरता, कानूनको शासन र व्यवस्थाको बिरुद्ध विभिन्न शक्तिहरुको षडयन्त्र जारी छ भन्ने तर्फ पनि आफूहरुको गम्भीर ध्यान गएको बताएका थिए ।

उनले भनेका छन्, “रिट निवेदकले पार्टीको नामको बिषयमा मात्र प्रश्न उठाई त्यो नाम आफैंलाई दिने मागदावी गरेको छ । त्यतिमा मात्र सिमित भएर निर्णय दिएको भए निर्णय ठीक , बेठीक जे भएपनि स्वाभाविक हुने थियो ।

तर यो फैसलाले सरोकारै नभएको क्षेत्रमा प्रवेश गरी निर्णय दिने कार्य गरेको छ । तसर्थ यो फैसला अस्वभाविक छ ,संविधान एवं कानूनको बिरुध्दमा छ, राजनीतिक आग्रह प्रेरित छ, बितण्डतापूर्ण छ र गलत छ । यो फैसला प्रति हाम्रो गम्भीर असहमति छ ।”