माओवादीमा फर्कँदैनौं– मन्त्री भट्ट


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन २७ २०७७
3.8K
SHARES

२७ फागुन काठमाडौं । उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अब आफूहरु नेकपा माओवादी केन्द्रमा फर्कने सम्भावना नरहेको प्रष्ट गर्नुभएको छ ।

माओवादी केन्द्रबाट प्रतिनिधिसभामा निर्वाचित सांसद रहनुभएका मन्त्री भट्टले बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरुसँग माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि आफू पार्टीमा फर्कने सम्भावना नरहेको प्रष्ट गर्नुभयो ।

तत्कालीन नेकपा माओवादी केन्द्रमा स्थायी कमिटी सदस्य रहनुभएका भट्टले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको पुस ५ को कदमको समर्थन गर्नुभएको छ ।