सरकार ढाल्न खोज्नेहरूलाई आत्मलोचनाको मौका दिन्छौं – मन्त्री पोख्रेल


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन २७ २०७७
4.4K
SHARES

२७ फागुन, काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले माधव नेपाल, झलनाथ खनाल लगायतका विद्रोह गर्ने नेताहरुलाई आत्मआलोचनाको मौका दिने बताएका छन् ।

पोखरेलले विद्यमान राजनीतिक अवस्थको अन्त्य र संसद्मा देखिएका बेथितीको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन् ।

उनले भने,“निर्वाचनका लागि तयार हुन म आममतदाता समक्ष आग्रह गर्दछु ।”प्रेस सेन्टर पर्साद्वारा आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभामा दलहरुबीच समन्वय भई प्रक्रिया सामान्य ढङ्गले अगाडि नबढे ताजा जनादेशमै जानुपर्छ भने ।