पार्टि एकता गर्ने प्रचण्ड र भट्टराई छलफलमा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २८ २०७७
11.4K
SHARES

२८ फागुन काठमाडौ । माओवादि केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादि पार्टिका अध्यक्ष डाक्टर बाबुराम भट्टराई भावि राजनीति साठगाठको विषयमा केहि दिन देखि गम्भिर छलफल भएको नेकपा माओवादि केन्द्रको हेडक्वाटर सूत्रले वताएको छ ।

केपि शर्मा ओली जसपा फुटाउन कम्मर कसेर लागेको भन्दै डाक्टर बाबुराम भट्टराईले पार्टि एकता गर्ने प्रस्ताव प्रचण्डलाई राखेको स्रोत वताउछ । केपी ओली हटाउने र नयाँ सरकारको नेतृत्व गर्ने भारतीया समर्थनको लागी बाबुरामले पहल गर्ने र दुवै पार्टीका नेताहरुसँग छलफल गरि कन्म्भिन्स गर्ने काम प्रचण्डले गर्ने गरि दुई नेताको कार्य बाडफाड समेत भएको स्रोतको दाबि छ ।

हिजो मात्रै प्रचण्डलाई भेट्न जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पेरिसडाँडा पुगेका थिए । भेटमा प्रचण्डले संसद विघटनविरुद्ध आन्दोलनमा आएका शक्तिहरु मिलेर सरकार बनाउनुपर्नेमा जोड दिए ।

जसपा नेताहरुले  रेशम चौधरीलगायतको मुद्दा फिर्ता, संविधान संशोधनका  मुद्दा हो जसले पूरा गर्छ उसलाई साथ दिने वताएका थिए ।  प्रचण्डले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलाई पनि भेटेका थिए ।