टेलिकमको लाभांश सेयरधनीको खातामा पुग्न थाल्यो


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र १७ २०७७
5.6K
SHARES

१७ चैत काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेयरधनीलाई आजबाट नगद लाभांश खातामा पठाउन सुरु गरेको छ । टेलिकमले फागुन २६ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिन सुरु गरेको हो ।

उक्त मितिपछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको रहेको कम्पनीको भनाई छ ।

कम्पनीको चैत १३ सम्पन्न वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६–७७ को नाफबाट ४०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।