आज सेयर बजारमा नयाँ रेकर्ड


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र २२ २०७७
2.8K
SHARES

२२ चैत काठमाडौं।आज साताको पहिलो कारोबार दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसुचक अहिले सम्मकै उच्च विन्दु २६५७.६१ अंकमा पुगेर बन्द भएको छ ।

यसअघि नेप्से सूचक अधिकतम २६४०.३५ विन्दुसम्म कायम भएको थियो ।सूचकसँगै कारोबार भोलुममा पनि रौनकता देखिएको छ ।

८ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो पछिल्लो समय भएको कारोबार रकम निकै ठूलो हो । नेप्से सूचक पनि २५.७१ अंकले वृद्धि भएको हो ।