सचेत नबने फेरि लकडाउन हुन सक्छ – प्रधानमन्त्री ओली


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र २९ २०७७
2.8K
SHARES

२९ चैत काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको माहामारी विश्वभर फेरि फैलन थालेको भन्दै त्यसतर्फ सचेत रहन सबैलाई आग्रह गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वार्षिक साधारणसभामा बोल्दै उनले कोरोनाबाट बच्न स्वास्थ्य मन्त्रलायले दिएका निर्देशन पालना गर्न सुझाए। सरकारको पहिलो प्राथमिकता नागरिकको स्वास्थ्य रहेको  उनले बताए। प्रधानमन्त्री ओलीले आफ्नो जीवनको रक्षाका लागि नागरिक पनि सचेत हुनुपर्ने बताए।

प्रधानमन्त्री ओलीले स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन पालना नभए कोरोनाको संक्रमण फैलिने हुँदा फेरि लकडाउन हुन सक्ने बताए। प्रधानमन्त्रीले नागरिकको स्वास्थ्यका विषयमा सरकार सचेत भएकाले नागरिकको स्वास्थ्यलाई नै पहिलो प्राथमिकतामा राख्ने र त्यसका लागि लकडाउनको अवस्था आउन सक्ने भन्दै थप सचेत बन्न आग्रह गरे।

उनले भने, ‘सचेत नबने फेरि लकडाउनमा पुग्दैनौँ भन्ने छैन। आफैँ सचेत बनौँ। सामाजिक जीवनलाई खलबलिन नदिन, सावधानी अपनाएनौँ भने समस्या आउनसक्छ । हामी समयमै सचेत बनौँ।’