प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र ३० २०७७
8.7K
SHARES

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनमा आज दिउँसो एक बजे बैठक बस्न लागेको हो । आज बस्‍ने बैठकमा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

उनका अनुसार आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवेदन पेस गर्ने कार्यसूची राखिएको छ । राष्ट्रिय सूचना आयोगको आर्थिक बर्ष २०७६–२०७७ को बार्षिक प्रतिवेदन पेस हुने कार्यसूचीमा उल्लेख छ ।