टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु
Capital Headline
प्रकाशित मिति :
बिहिबार, बैशाख २ २०७८
6.2K
SHARES
२ वैशाख रसुवा । रसुवामा टिप्पर दुर्घटना भएको छ । राम्चे स्याउबारीनजिकै गएराति टिप्पर भीरबाट खस्दा हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनाबाट मृत्यु हुनेमा २७ वर्षीय राजेन्द्र तामाङ र चालक २५ वर्षीय सागर तामाङ रहेका छन् ।
कालिका गाउँपालिका १, ग्राङबाट कालिकास्थानतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख १६८८ नम्बरको टिप्पर गएराति भीरबाट खसेको प्रहरीले जनाएको छ । टिपर दुर्घटनामा गम्भिर घाइते भएका दुई जनालाई उपचारका लागि अस्पताल लगिएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट