प्रतिबद्धताको ३४ प्रतिशत मात्रै भित्रियो बैदेशिक लगानी


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख १४ २०७८
6.2K
SHARES

१४ वैशाख काठमाडौ ।  नेपालमा कुल ३ सय २५ अर्ब बराबरको प्रत्यक्ष बैदेशिक लगानी एफडिआई प्रतिबद्धदता आएको भएपनि हालसम्म जम्मा १ सय १० अर्बको मात्रै लगानी भित्रिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म १ सय १० अर्बको मात्रै वैदेशीक लगानी भित्रिएको छ।

यो रकम कुल प्रतिबद्धताको ३४ दशमलव १ प्रतिशत मात्रै हो। सन् १९ सय ९५ देखि २०२० सम्मको अवधिमा मुलुक भित्रका उत्पादनमूलक, सेवा, बैंक तथा वित्तीय र ऊर्जा क्षेत्रमा गरि कुल १ खर्ब १० अर्ब ९३ करोड रुपैयाँ बराबरको मात्र एफडिआई भित्रिएको बैंकले जनाएको छ। तर यहि अवधिमा नेपालमा लगानी भित्र्याउनै कालागि ३ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको थियो। पछिल्लो समय सरकारले लगानी बोर्ड गठन गरि त्यसैका माध्यमबाट वैदेशिक लगानी भित्र्याउने नीति लिएको छ।

त्यही अनुरुप बोर्डमा यतिबेला २ खर्ब रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता थन्किएर बसेका छन्। केन्द्रीय बैंकले जनाए अनुसार, सन् २०१९/२० मा प्रतिबद्धताको ५१ प्रतिशत वैदेशिक लगानी प्राप्त भएको छ। अर्थात मुलुकलाई यो अवधीमा ३८ अर्ब १५ करोड रुपैयाँको प्रतिबद्धता प्राप्त भएको भएपनि १९ अर्ब ५० करोड रुपैयाँ बराबरको लगानी मात्रै भित्रिएको छ।