नेता बस्नेतलाई कोरोना संक्रमण


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख २५ २०७८
7.4K
SHARES

२५ वैशाख काठमाडौं। एमालेका सांसद महेश बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ। पूर्वमन्त्री समेत रहेका बस्नेतलाई शुक्रवार (हिजो) कोरोना संक्रमण पुष्टि भएको हो।

हाल आफू होम आइसोलेसनमा बसिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको सांसद बस्नेतले बताए।प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ विश्वासको मत लिने घोषणासँगै सबै सांसद तथा कर्मचारीहरुको पीसीआर परीक्षण गरिएको थियो।

यसैक्रममा शुक्रवार सांसद बस्नेतसहित १४ जना सांसद समेत गरि ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।