जनश्रम दान गर्दै विप्लव
२५ वैशाख काठमाडौँ । पछिल्लो २ वर्षको भूमिगत राजनीतिपछि सार्वजनिक भएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ शनिबार कपिलवस्तुमा खनिरहेको अवस्थामा सार्वजनिक भएका छन् ।
नेपाल सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै उनी सार्वजनिक भएका थिए । काठमाडौँको राष्ट्रिसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव एउटै मञ्चमा देखिएका थिए । यसअघि उनी पहिलोपटक नवलपरासीमा सार्वजनिक भएका थिए ।
प्रधानमन्त्री ओली नेतृत्वकै सरकारले विप्लवको पार्टीले अवैधानिक गतिविधि गरेको भन्दै प्रतिबन्ध लगाएको थियो । ०७५ सालको फागुन अन्तिम सातातिर सरकारले प्रतिबन्ध लगाएसँगै विप्लव नेतृत्वको पार्टी भूमिगत बनेको हो ।
सरकार र विप्लव नेतृत्वको नेकपाबीच गत फागुन २१ गते ३ बुँदे सहमति भएपछि विप्लव सार्वजनिक हुने बाटो खुलेको थियो ।