संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीश जाने कि नजाने एकिन छैन


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख २६ २०७८
3.3K
SHARES

२६ वैशाख  काठमाडौं । संवैधानिक परिषदको बैठक आज बस्दै छ । बिहान नौ बजे बस्ने बैठकमा संवैधानिक आयोगहरुमा रिक्त पदाधिकारीमा नियुक्तिको सिफारिसबारे छलफल हुने छ ।

हाल लोकसेवामा सबै पदाधिकारी रिक्त छ । यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ सदस्य रिक्त छन् ।

सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले परिषदको बैठकमा सहभागी नहुने बताइसकेका छन् ।प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा परिषदको बैठकमा जाने कि नजाने भन्ने एकिन छैन ।