ओली मुलुकको ४२औँ प्रधामन्त्रीमा नियुक्त , आज सफत लिदै
३१ वैशाख काठमाडौं । केपी शर्मा ओली मुलुकको ४२औँ प्रधामन्त्री बनेका छन्। प्रतिनिधिसभामा बैशाख २७ गते विश्वास गुमाएका ओली विहिवार राति पुनः प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
काँग्रेस- माओवादी- जसपा गठबन्धनले राष्ट्रपतिले तोकेको समयमा बहुमत जुटाउन नसकेपछि ओली पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् ।
उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् । सपथ ग्रहण भने आज दिउँसो साढे २ बजे हुने शीतलनिवासले जनाएको छ ।
प्रधानमन्त्री नियुक्त भएसँगै ओलीले आफ्नो नयाँ मन्त्रिपरिषद गठन गर्नेछन् । उनको सरकारमा एमालेका असन्तुष्ट पक्ष र जनता समाजावादी पार्टी समेत सहभागी हुनेछ।
