यस्तो एजेण्डा सहित सिसिएमसी बैठक जारी
२ जेठ काठमाडौं । अहिले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बसिरहेको छ । सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी रहेको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिएका छन ।
बैठकमा कोभिड–१९ संक्रमणका विषयमा छलफल गरी थप निर्णय लिने बताइएको छ । मन्त्रिपरिषद्ले कोरोना संक्रमण रोकथाप तथा नियन्त्रणका सम्बन्धमा सिसिएमसीको सिफारिसमा निर्णयहरु गर्दै आएको छ । प्रधानमन्त्री ओलीले शनिबार स्वास्थ्य क्षेत्रका विज्ञ र निजी क्षेत्रका व्यक्तिहरुसँग कोरोनाका विषयमा छलफल गरेका थिए