राष्ट्रपतिलाई महाअभियोग लगाऔं – नेता थापा

Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ७ २०७८
7.8K
SHARES

७ जेठ काठमाडौं। कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउन माग गरेका छन्। नेता थापाले प्रधानमन्त्री केपी ओलीको संविधान विरोधी हर्कतलाई साथ दिँदै राष्ट्रपतिबाट संविधान मिच्ने काम भएको उनले आरोप लगाए।

उनले दुवै जनालाई सवक सिकाउने गरी नयाँ सरकार बनाउन र राष्ट्रपतिविरूद्ध महाअभियोग लगाउन माग गरेका हुन्।
कांग्रेस नेता थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो माग गरेका हुन्।

उनले लेखेका छन्,‛विश्वासको मत लिन मन नलागे प्रमले राजिनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण,के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो ? जानेर गरेको हो। गनगन गरेर नबसौं। सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौं,महाअभियोग लगाएर रापलाई बिदा गरौं।’

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा अचानक संविधानको धारा ७६ (५) अनुसारको सरकार गठन प्रक्रिया सुरु गरेर अर्को असंवैधानिक कदम चालेकी छन्। संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री बनेका ओलीले विश्वासको मतमा पराजित भएमा वा राजीनामा गरेमा मात्र धारा ७६ (५) को प्रक्रिया सुरु हुनुपर्छ।

अचानक बिहीबार मन्त्रिपरिषद् बैठक बसाई नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न प्रधानमन्त्री ओलीले गरेको सिफारिस सदर गर्दै राष्ट्रपति भण्डारीले शुक्रबार अपराह्न ५ बजेभित्र सरकार दाबीका निम्ति गरेको आह्वानलाई संविधानमाथिको अर्को आक्रमणका रूपमा लिइएको छ। नेपाली कांग्रेसका नेताहरुले पटकपटक संविधान विपरित कार्य गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध माहाअभियोग लगाउनु पर्ने धारणा राख्दै आएका छन्।

gaga

महाअभियोग लगाउन माग गरेका छन्। नेता थापाले प्रधानमन्त्री केपी ओलीको संविधान विरोधी हर्कतलाई साथ दिँदै राष्ट्रपतिबाट संविधान मिच्ने काम भएको उनले आरोप लगाए।