भरू लौरो उभ्याएर भए पनि वैकल्पिक सरकार दिऊँ – डा. भट्टराई
७ जेठ काठमाडौं । आज जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले व्यक्तिभन्दा व्यवस्था महत्त्वपूर्ण हुने बताएका छन्।
आआफ्नो स्थानबाट आवश्यक त्याग गरी संविधानको धारा ७६(५) अनुसार वैकल्पिक सरकार बनाउनु पर्ने उनको भनाइ छ। ‘संसद, संविधान, लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो!,’ उनले भनेका छन्, ‘जे गरेर रक्षा हुन्छ त्यही गरौं।
सबैले आवश्यक त्याग÷बलिदान गरौं। लौरो उभ्याएर भए पनि७६(५)को वैकल्पिक सरकार दिऊ!’आजै गरौं, अहिल्यै गरौं! बिपी\पीएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान\लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ!,’ उनले लेखेका छन्।