कोरोनाबाट १७७ जनाको मृत्यु , आठ हजार ६ सय संक्रमित
७ जेठ काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ८ हजार ४०७ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै २०० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो। पछिल्लो २४ घण्टामा २३ हजार २२६ जनाको परीक्षण गरिएको थियो ।
आज २४ घण्टामा ७ हजार ८ सय ९० जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्। त्यस्तै आज कोरोनाले १७७ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार २४ पुगेको छ।