७ जेठ काठमाडौं ।अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदका् आकस्मिक बैठक बोलाएका छन् ।
अहिले साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको हो । एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठकको सूचना आइपुगेको छ ।
बिहीबार नियमित बैठक भए पनि शुक्रबारको बैठक भने आकस्मिक रुपमा बोलाइएको ती मन्त्रीले बताए ।