यस्तो निर्णय गर्दै माओवादी केन्द्रको बैठक सम्पन्न


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ ८ २०७८
3.4K
SHARES

८ जेठ काठमाडौ । आज नेकपा(माओवादी केन्द्र)ले प्रतिनिधिसभा विघटनको विरुद्ध सबैसँग एकतावद्ध भएर राजनीतिक र कानुनी संघर्षलाई अगाडि बढाउने निर्णय गरेको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर प्रतिनिधिसभा विघटन र चुनाव घोषणाको असंवैधानिक र निरंकुश कदम चालेको ठहर गर्दै यसको विरुद्धमा अग्रगमन र राष्ट्रिय स्वाधिनताको पक्षधर शक्तिसँग एकतावद्ध भई राजनीतिक र कानुनी संघर्ष अगाडि बढाउने निर्णय गरको प्रवाक्ता नारायकाजी श्रेष्ठले बताए ।