नयाँ पार्टीको अध्यक्ष बनेनन् नेपाल , यी हुन पदाधिकारी


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ ९ २०७८
9.6K
SHARES

९ जेठ काठमाडौं । आज नेकपा एमालेका युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ता भएको छ । वैशाख ७ गते दल दर्ताको निवेदन दिए पनि प्रमाणपत्र पाउन बाँकी रहेको छ ।

निर्वाचन आयोग स्रोतका अनुसार नेकपा (एकीकृत)को उपाध्यक्षमा कल्पना गुरुङ,महासचिव विनोद खुलाल,सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेको पदाधिकारी दर्ता भएका छन् ।

माधव नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी भइरहेका बेला नेपाल निकट युवा नेताहरुले दर्ता गराएको नेकपा एकीकृत नै माधव नेपालको पार्टी बन्न सक्ने अनुमान गरिएको छ ।  संखुवासभाका राई नविना लामा अनेरास्ववियुको अध्यक्ष हुँदा विपक्षी प्यानलबाट उपाध्यक्षमा हारेका थिए ।