आज कोरोना १९३ जनाको मृत्यु , ७ हजार ९१४ जनामा पुष्टि


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ ९ २०७८
3.4K
SHARES

९ जेठ काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ हजार ९१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १८ हजार ९६५ जनाको पिसिआर र ९३१ जनाको एन्टीजेन प्रविधिबाट परिक्षण गर्दा थप ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर १ लाख १५ हजार ५४७ जना सक्रिय संक्रमित छन । पछिल्लो २४ घण्टामा थप ७ हजार ६६४ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन । आज कोरोना संक्रमणबाट थप १९३ जनाको मृत्यु भएको छ ।