लोकतन्त्र मास्ने खेल पूरा नहोस् – डा. भट्टराई


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ ११ २०७८
3.1K
SHARES

११ जेठ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान र लोकतन्त्र मास्ने खेल भइरहेको आशंका व्यक्त गरेका छन् ।

प्रधानन्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटक–पटक भेट्ने आदि समाचार/हल्ला लाोकतन्त्रका लागि शुभसंकेत हैनन् ! खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद हो, त्यो नियम/नजिर बन्न सक्दैन । राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान/लोकतन्त्र मास्ने खेल पूरा नहोस् !,” डा. भट्टराईले ट्विटमा लेखेका छन् ।