विपक्षी गठबन्धनको बैठक जारी , यस्ता छन एजेण्डा


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ ११ २०७८
6.8K
SHARES

११ जेठकाठमाडौं ।अहिले  विपक्षी गठबन्धनको बैठक सिंहदरबारमा जारी छ । बैठक दिउँसो २ः४० बाट सुरु भएको एक स्रोतले जानकारी दियो । बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)को माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष उपेन्द्र यादव पक्षलगायत दलका नेताहरु सहभागी छन् ।

विपक्षी गठबन्धनका सांसदले हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति र संसद् विघटन पुनःस्थापनाको माग गर्दै १४६ सांसद उपस्थित भएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।