स्वास्थ्य सामाग्री लिएर सासंद अधिकारी गृहजिल्लामा
गोरखा, ११ जेठ । गोरखा क्षेत्र नम्बर १ का सांसद हरिराज अधिकारी औषधी सहितको स्वास्थ्य सामाग्री लिएर आफ्नो निर्वाचन क्षेत्रमा निस्किएका छन् ।
आज गृहजिल्ला गोरखामा औषधी सहितको सामाग्री लिएर निस्किएका हुन् ।
अहिले जिल्लाको आरुघाट गाउँपालिका, भीमसेन थापा गाउँपालिका, सहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिकामा पुग्ने उनले जानकारी दिए। सो क्रममा स्थानीय तहहरुका प्रमुख उप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य शाखाका प्रमुख तथा वडाध्यक्षहरु संग भेटघाट गर्ने कार्यक्रम समेत रहेको सांसद अधिकारीले जानकारी दिए।
उनले भने, ‘महामारीको यो अबस्थामा सहयोग गर्न औषधी लगायत स्वास्थ्य सामाग्री समेत उपलब्ध गराउने योजनामा हामी छौ ।’